रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त - Chaitanya News
  • 2026-06-22
  • 02:10:13
  • आइतबार,आषाढ ०७, २०८३
  • रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

    रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन्।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीबाट निष्कासन गर्दै सांसद पद रिक्तताका लागि संसद् सचिवालयमा निवेदन दिएको थियो।

    सभामुख देवराज घिमिरेले रास्वपाको कारबाही मिले–नमिलेको अध्ययन गरेर श्रेष्ठलाई सांसद पदबाट हटाउने निर्णय गरेका हुन्। सभामुखको सचिवालयका एक सदस्यका अनुसार आजको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले पदमुक्त गरिएको सूचना पढेर सुनाउनेछन्। प्रतिनिधिसभा बैठक जारी छ।

    रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा एसिडपीडित बिन्दबासिनी कंसाकारलाई सांसद पदमा सिफारिस गरेको छ।