रविले पाए निर्वाचित भएको प्रमाणपत्र - Chaitanya News
  • 2026-06-22
  • 02:09:09
  • आइतबार,आषाढ ०७, २०८३
  • रविले पाए निर्वाचित भएको प्रमाणपत्र

    रविले पाए निर्वाचित भएको प्रमाणपत्र

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले निर्वाचित भएको प्रमाणपत्र पाएका छन्।

    उनलाई निर्वाचन कार्यालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो। उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन्।

    ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन्।

    नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका थिए। यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन्।