तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी - Chaitanya News
  • 2026-06-21
  • 23:57:56
  • आइतबार,आषाढ ०७, २०८३
  • तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

    तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

    काठमाडौं- तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

    निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७९६ मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।भट्टराई गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

    तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत पाएका छन्। कांग्रेसका भट्टराईले अन्तिम मत परिमाण नआउँदै हार स्विकार गरेका थिए । यसअघि मंसिर ४ काे चुनावमा कांग्रेसले जितकाे थियाे ।