काठमाडौँ – एमाले नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन्।
काठमाडौंमा सोमवार आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताए।
उनले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गरे। उनले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भूमिका रहनु लोकतन्त्रको गलत अभ्यास रहेको बताए।
उनले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतीलाई पार लगाउन नसकिने स्पष्ट पारे। नेता भट्टराईले नेपाली कांग्रेस टेको बिना उभिनै नसक्ने स्थितिमा पुगिसकेको बताए।