महागढीमाईको मत गन्न थालेपछि सबैलाई पछार्दिन्छु : शिवचन्द्र कुशवाह - Chaitanya News
  • 2026-07-04
  • 16:23:32
  • शनिबार,आषाढ २०, २०८३
  • महागढीमाईको मत गन्न थालेपछि सबैलाई पछार्दिन्छु : शिवचन्द्र कुशवाह

    महागढीमाईको मत गन्न थालेपछि सबैलाई पछार्दिन्छु : शिवचन्द्र कुशवाह

    काठमाडौं– बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टी जसपाको एरियामा पनि आफूले राम्रो मत ल्याएको भन्दै चुनाव जित्ने दाबी गरेका छन्।

    करैयामाई गाउँपालिकाको मत गणना भइरहँदा कुशवाह र जसपाका अध्यक्ष उपेन्द्र यादवपछि तिव्र प्रतिस्पर्धा छ। कहिले यादवले त कहिले कुशवाहले अग्रता लिइरहेका छन्।

    तर करैयामाई जसपाको क्षेत्र भए पनि आफूले राम्रो मत पाएको कुशवाहले बताए।

    ‘करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो,’ कुशवाहले खुसी हुँदै भने, ‘अब अन्त गन्दा अघिपछि हुन्छ। हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु।’