मकवानपुर– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ घोप्टे भन्ने स्थानमा चट्याङ पर्दा चार वटा चौपायाको मृत्यु भएको छ।
घोप्टे बस्ने मदन सापकोटाको घर नजिक रहेको गोठमा चट्याङ पर्दा खसी, बाख्रा गरी चार वटा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट धादिङबाट खटिएका प्रहरी सहायक निरीक्षक गोकर्ण थापाका अनुसार पशुचौपाायको मृत्यु हुँदा अन्दाजी पैसठ्ठी हजार बराबरको क्षति भएको छ।