बारा–२ अपडेट : कुशवाहालाई उछिन्दै यादवको अग्रता - Chaitanya News
  • 2026-06-21
  • 23:58:10
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा–२ अपडेट : कुशवाहालाई उछिन्दै यादवको अग्रता

    बारा–२ अपडेट : कुशवाहालाई उछिन्दै यादवको अग्रता

    काठमाडौँ — बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई उछिनेका छन्। करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन्।

    यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो। ६८ हजार ८ सय ८६ मत खसेको छ।