तनहुँ–१ उपनिर्वाचन अपडेट : स्वर्णिम वाग्ले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता - Chaitanya News
  • 2026-07-04
  • 14:41:50
  • शनिबार,आषाढ २०, २०८३
  • तनहुँ–१ उपनिर्वाचन अपडेट : स्वर्णिम वाग्ले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता

    तनहुँ–१ उपनिर्वाचन अपडेट : स्वर्णिम वाग्ले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता

    तनहुँ– तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन्।

    सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन्।

    नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन्।

    आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्।