संसदीय समितिको भागवण्डा मिल्यो, एमालेले तीन वटा समितिको सभापति लिने - Chaitanya News
  • 2026-06-21
  • 23:58:20
  • आइतबार,आषाढ ०७, २०८३
  • संसदीय समितिको भागवण्डा मिल्यो, एमालेले तीन वटा समितिको सभापति लिने

    संसदीय समितिको भागवण्डा मिल्यो, एमालेले तीन वटा समितिको सभापति लिने

    काठमाडौं– संसदीय समितिको भागवण्डा मिलेको छ।

    संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ।

    एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ।

    यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ।