स्व.जगन्नाथ आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेत  : देउवा - Chaitanya News
  • 2026-06-21
  • 23:58:12
  • आइतबार,आषाढ ०७, २०८३
  • स्व.जगन्नाथ आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेत  : देउवा

    स्व.जगन्नाथ आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेत  : देउवा

    भक्तपुर– नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले स्व.जगन्नाथ आचार्य पार्टीप्रति बफादार ,जुझारु र सिद्धान्तमा अडिग नेता भएको बताएका छन।

    कांग्रेस नेता एवं पूर्वमन्त्री स्व.जगन्नाथ आचार्यको जन्म शताब्दी समारोहमा बोल्दै सभापति देउवाले नेता आचार्य किसानका हक हितका लागि लडेका ब्यक्ति रहेको बताए।

    उनले पार्टीका अग्रपङ्क्तिका नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन नसकेको भन्दै आगामी दिनमा पार्टीले त्यस तर्फ ध्यान दिने बताए।

    कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गरे।

    प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभ हानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने बताए।

    कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गंंगालक्ष्मी अवाल,तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य,पार्टीका निर्वाचन क्षेत्र नंं.२ का सभापति भेषबहादुर कार्की लगायतले नेता आचार्यको योगदानको चर्चा गरे।

    कार्यक्रममा सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई २५ हजार नगद सहित जगन्नाथ आचार्य स्मति पुरस्कार प्रदान गरे।