काठमाडौँ– तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत का साथ अग्रता कायम गरेका छन्। ३१ हजार २१९ मत गन्दा उनी ६ हजार ८३८ मतान्तरले अगाडि छन्।
२२ वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएका छन्।