चितवन –२ उपनिर्वाचन अपडेट : रवि लामिछानेको अग्रता - Chaitanya News
  • 2026-07-04
  • 14:42:56
  • शनिबार,आषाढ २०, २०८३
  • चितवन –२ उपनिर्वाचन अपडेट : रवि लामिछानेको अग्रता

    चितवन –२ उपनिर्वाचन अपडेट : रवि लामिछानेको अग्रता

    चितवन–चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्।

    इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

    इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन्।