बारा–२ उपनिर्वाचन अपडेट : शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव - Chaitanya News
  • 2026-06-21
  • 23:57:54
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा–२ उपनिर्वाचन अपडेट : शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव

    बारा–२ उपनिर्वाचन अपडेट : शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव

    बारा– बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन्।

    यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन्।

    पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन्।

    नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन्।