सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक - Chaitanya News
  • 2026-07-04
  • 14:44:13
  • शनिबार,आषाढ २०, २०८३
  • सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

    सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

    काठमाडौं– संसदीय समितिमा सहमति जुटाउन प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक शुरू भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सिंहदरबारमा शुरू भएको हो।

    बैठकमा एमाले संसदीय दलका उपेनता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्।

    पछिल्लो केही दिनयता प्रधानन्यायाधीशको नियुक्ति, संसदीय समिति गठनसहितका विषयमा कांग्रेस, एमाले र माओवादीबीच छलफल हुँदै आएको छ।

    एमालेले संसदमा आफ्नो हिस्साअनुसार समितिको नेतृत्वका लागि दाबी गर्दै आएको छ।