तनहुँ १ उपनिर्वाचन अपडेट : स्वर्णिमले कटाए १५ हजार मत, अरुको कति ? - Chaitanya News
  • 2026-07-04
  • 14:41:50
  • शनिबार,आषाढ २०, २०८३
  • तनहुँ १ उपनिर्वाचन अपडेट : स्वर्णिमले कटाए १५ हजार मत, अरुको कति ?

    तनहुँ १ उपनिर्वाचन अपडेट : स्वर्णिमले कटाए १५ हजार मत, अरुको कति ?

    काठमाडौं–तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन्। वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी गोबिन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन्।

    यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै वाग्लेले अग्रता कायम राखिरहेका छन्।