ठूला पार्टीप्रति जनताले त्यति चासो देखाएनन् :  देउवा - Chaitanya News
  • 2026-07-04
  • 14:40:30
  • शनिबार,आषाढ २०, २०८३
  • ठूला पार्टीप्रति जनताले त्यति चासो देखाएनन् :  देउवा

    ठूला पार्टीप्रति जनताले त्यति चासो देखाएनन् :  देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला पार्टीबाट जनतामा निराशा छाएको बताएका छन्।

    कांग्रेस संसदीय दलको बैठकमा देउवाले उपनिर्वाचनको प्रारम्भिक मतपरिणामबाट पनि ठूला पार्टीप्रति जनताले त्यति चासो नदेखिएको बताएका हुन्।

    देउवाको भनाइ उदृत गर्दै सांसद् रामहरि खतिवडाले भने, ‘अहिले देशमा विषम परिस्थिति छ। उपनिर्वाचनले पनि ठुला पार्टीप्रति जनतामा त्यति चासो नभएको जस्तो छ। जनतामा निराशा छ भनेर भन्नुभयो।’

    देउवाले आगामी बजेटमा जनतालाई छुने कार्यक्रम ल्याउनुपर्ने बताए। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कांग्रेस संसदीय दलको बैठक बसेको थियो।

    देशको आर्थिक अवस्था माथि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल भएको थियो। अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरेका थिए।