गायक सपुतको ‘सकम्बरी’ गीतलाई लिएर पारिजात स्मृति केन्द्रको आपत्ति - Chaitanya News
  • 2026-07-16
  • 05:22:26
  • बुधबार,आषाढ ३१, २०८३
  • गायक सपुतको ‘सकम्बरी’ गीतलाई लिएर पारिजात स्मृति केन्द्रको आपत्ति

    गायक सपुतको ‘सकम्बरी’ गीतलाई लिएर पारिजात स्मृति केन्द्रको आपत्ति

    काठमाडौं– गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ। साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम राखेकोमा समेत संस्थाले आपत्ति जनाएको छ।

    महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति आपत्ति जनाइएको छ।

    गीत निर्माण गर्दा केन्द्रसँग अनुमति नलिइएको र प्रतिलिपि अधिकारको उल्लंघन भएको समेत उल्लेख छ। साथै केन्द्र सर्जकको स्वतन्त्रताप्रति संवेदनशील रहेको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि उल्लेख छ। यसप्रति क्षमायाचना गर्न र दृश्यलाई सच्याउन समेत केन्द्रले माग गरेको छ।