चैतन्यमा लोकसेवा तयारी गरिरहेकाहरूसँग लेखक पौड्यालको अन्तरक्रिया - Chaitanya News
  • 2026-06-21
  • 23:58:20
  • आइतबार,आषाढ ०७, २०८३
  • चैतन्यमा लोकसेवा तयारी गरिरहेकाहरूसँग लेखक पौड्यालको अन्तरक्रिया

    चैतन्यमा लोकसेवा तयारी गरिरहेकाहरूसँग लेखक पौड्यालको अन्तरक्रिया

    धनगढी- धनगढी-५ शिवनगरस्थित चैतन्य एकेडेमीमा लोकसेवाको तयारी गरिरहेकाहरूसँग लेखक महेश पौड्यालले छलफल गरेका छन्।

    त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापकसमेत रहेका साहित्यकार पौड्यालले ‘उत्प्रेरक सेसन’मा छलफल गरेका हुन्। उनले लोकसेवाको तयारी गरिरहेकाहरू भावी दिनको सार्वजनीक सेवाका पहरेदार भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे।

    सफलताका लागि भने दृढ संकल्पका साथै मेहेनेता चाहिने उनले बताए। ‘अहिले निकै प्रतिस्पर्धात्मक समय छ। जसले कडा मेहेनेत गर्छ त्यही सफल हुन्छ। अध्ययन र लेखनमा अब्बलता कायम गर्‍यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन,’ उनले भने।

    चैतन्यले धनगढीमा आफ्नो शाखा विस्तार गरेर लोकसेवाको उच्च सेवा दिँदा यस क्षेत्रका विद्यार्थीहरूलाई निकै सहज हुने उनले बताए।

    बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादकका रुपमा पौड्याल परिचित छन्।