चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने - Chaitanya News
  • 2026-07-04
  • 13:01:52
  • शनिबार,आषाढ २०, २०८३
  • चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने

    चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने

    काठमाडौं-  चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।

    आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।

    उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन। मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

    चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।