बारा-२ मा बिहान ११ बजेदेखि मतगणना हुने - Chaitanya News
  • 2026-07-04
  • 13:00:56
  • शनिबार,आषाढ २०, २०८३
  • बारा-२ मा बिहान ११ बजेदेखि मतगणना हुने

    बारा-२ मा बिहान ११ बजेदेखि मतगणना हुने

    काठमाडौं-  बारा-२ को मतगणना अहिले बिहान ११ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्णय गरेको छ ।

    बाराको कलैयास्थित मतगणनास्थलमा नेपाली सेनासहितका सुरक्षाकर्मीको रेखदेखमा मतपेटिका राखिएका छन्। त्यहाँ आइतबार राति नै सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरी र वर्षाका कारण रोकिएको थियो।

    यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मेदवार चुनावी मैदानमा छन्।