चन्दा माग्नु विद्यार्थीको बाध्यता हो : विप्लव - Chaitanya News
  • 2026-07-04
  • 13:00:56
  • शनिबार,आषाढ २०, २०८३
  • चन्दा माग्नु विद्यार्थीको बाध्यता हो : विप्लव

    चन्दा माग्नु विद्यार्थीको बाध्यता हो : विप्लव

    काठमाडौँ– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चन्दा माग्नु विद्यार्थीहरूको बाध्यता भएको बताएका छन्। शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले पार्टी सञ्चालनका लागि चन्दा माग्नु विद्यार्थीहरूको बाध्यता रहेको बताएका हुन्। ‘विगतको जस्तो छैन्। पहिला त हिडेर पनि जाने अवस्था थियो। अहिले त त्यस्तो छैन। काठमाडौँ आउन÷जान नै २० हजार खर्च लाग्छ,’ महासचिव विप्लवले भने, ‘बाध्यता भएर पनि हाम्रा विद्यार्थीहरू चन्दा मागिरहेका छन्। चन्दा माग्नु हाम्रा विद्यार्थीको बाध्यता हो।

    अब विगतको जसरी नभई सहकार्य गरेर अघि बढ्न खोजिरहेको उनको भनाई छ। हाम्रो दृष्टिकोण चन्दा माग्नु, थर्काउनु, बल प्रयोग गर्नु गलत हो। ‘अहिले हामीले उद्योग व्यवसायी साथीहरूसँग आग्रह गरेका छौं,’ उनले भने, ‘बल होइन्, सहकार्य गर्ने हो। हाम्रो नीति भनेको चन्दा मागेर खाने नीति होइन्, सहकार्य गरेर अघि बढ्ने नीति हो। अहिले नीजि विद्यालयहरूको विरोध गरेर समस्याको समाधान नहुने उनको भनाइ छ। ‘अहिले पञ्चायतकालमा नीजिकरणको विरोध गरेका थिए, उसैल अहिले आएर बोर्डिङ खोलेर बसेका छन्,’ उनले भने, ‘यो नीजि स्कूल खोल्नु भनेको उनीहरूको समस्या होइन्, राज्यको कमजोरी हो। राज्यले आजै बन्द गरिदिओस् न पुरै समस्या समाधान हुन्छ।

    चन्दा मागेर खाने पार्टीलाई अहिले जीवनपयोगी पार्टीको रूपमा परिवर्तन गर्न खोजिरहेको उनको भनाई छ। ‘पञ्चायतकालमा लड्दाको जस्तो आदर्श त अहिले छ भनेर म दावी गर्दिन्। तर, अन्य पार्टीका विद्यार्थी संगठनको जस्तो भ्रष्टिकरण भने छैन। अहिले कुनै पनि हाम्रा विद्यार्थी नेताले काठमाडौंमा घर बनाएका भन्ने छैनन्। अन्य दलका नेताहरूका काठमाडौं घर ठडिहाल्छन्।’ उनले भने।