कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : झलनाथ खनाल - Chaitanya News
  • 2026-06-21
  • 21:47:09
  • आइतबार,आषाढ ०७, २०८३
  • कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : झलनाथ खनाल

    कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : झलनाथ खनाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने टिप्पणी गरेका छन्। तत्कालीन नेकपा स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिस्टहरूले वर्ग शत्रु र वर्ग मित्र छुट्याएर सङ्घर्ष गर्नुपर्ने बताए।

    ‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो? कुनचाहिँ मित्र हो?यसलाई छुट्याउन सकेनौँ भने कोसँग सङ्घर्ष गर्ने कहाँ जाने केही टुङ्गो हुँदैन’ खनालले भने, ‘त्यसैले कम्युनिस्टले वर्ग शत्रु को हो भन्ने छर्लङ्ग छुट्याउनुपर्छ। हामीलाई मार्क्सवादले सिकाएको यहीँ हो। यदि हामीले यो छुट्याउन सकेनौँ शत्रुसँग साँठगाँठ वा एकता गर्न पुग्दा उँभो होइन उँधो लाग्छौँ। कम्युनिस्टहरूले गलत विचार र दृष्टिकोण समयमै चिन्न सक्नुपर्ने खनालले बताए। रुसको तत्कालीन सोभियत कम्युनिस्ट सत्ता गलत विचार र दृष्टिकोणले गर्दा ढलेको खनालले बताए।