चितवन–२ मा ३ बजेसम्म ५१ प्रतिशत मत खस्यो - Chaitanya News
  • 2026-07-04
  • 11:18:40
  • शनिबार,आषाढ २०, २०८३
  • चितवन–२ मा ३ बजेसम्म ५१ प्रतिशत मत खस्यो

    चितवन–२ मा ३ बजेसम्म ५१ प्रतिशत मत खस्यो

    चितवन– चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो। सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए।

    उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ। दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सुचारु गर्न सर्वदलीय बैठक जारी रहेको बताइएको छ।