उपनिर्वाचन अपडेट – तनहुँ –१ मा ४५ प्रतिशत मतदान सम्पन्न - Chaitanya News
  • 2026-07-04
  • 11:18:39
  • शनिबार,आषाढ २०, २०८३
  • उपनिर्वाचन अपडेट – तनहुँ –१ मा ४५ प्रतिशत मतदान सम्पन्न

    उपनिर्वाचन अपडेट – तनहुँ –१ मा ४५ प्रतिशत मतदान सम्पन्न

    काठमाडौं– उपनिर्वाचन भईरहेका तीन निर्वाचन क्षेत्र मध्ये तनहुँ –१ मा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको छ।

    निर्वाचन आयोगका अनुसार तनहुँ –१ मा अहिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ।

    विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

    तनहुँ –१ मा नेपाली कांग्रेसको तर्फबाट गोविन्द भट्टराई एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन्।