काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलन उपलब्धि, चूनौति र सम्भावना विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले उक्त मोर्चाले सबैलाई नेकपातिर फर्कन अपिल गर्ने पनि विश्वास दिलाए। उनले नेकपा हिजो एकाध नेताको कारणले दुर्घटनामा परेको भएपनि लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको एकता भएको उल्लेख गरे।
उनले भने,‘त्यो एकता हामीद्धारा प्रस्तावित हो। हामीले अब देशको आवश्यकत्तालाई हेरौं। आग्रह वा पूर्वाग्रहमा नजाऔं। उनले अब विचारात्मक रुपमा आत्मसमिक्षा गर्न जोड दिएका छन्।