ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई चितवन बासीले हेरिरहेका छन् : रवि लामिछाने - Chaitanya News
  • 2026-06-21
  • 21:49:48
  • आइतबार,आषाढ ०७, २०८३
  • ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई चितवन बासीले हेरिरहेका छन् : रवि लामिछाने

    ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई चितवन बासीले हेरिरहेका छन् : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन –२ मा जारी उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफूमाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेको बताएका छन्।

    आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उम्मेदवार लामिछाने र उनका समर्थकमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत सबै पक्षलाई संयमित रहन आग्रह गर्दै यस्तो बताएका हुन्।

    उनले भनेका छन्, ‘साथीहरू एक माघले जाडो जाँदैन। चितवन बासीले तपाईंहरूलाई हेरिरहेका छन्। ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेका छन्। सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन।’

    लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने उनको भनाई थियो। ‘लोकतन्त्रको सुन्दर पक्ष स्वतन्त्र मतदान हो। अन्य राजनीतिक दलले के तयारी गरिरहेका छन् थाहा छैन। लोकतन्त्रको सुन्दरताको पक्षलाई नजरअन्दाज, हुहुज्जत गर्नुभयो भने इतिहासले मूल्यांकन गर्नेछ।’ उम्मेदवार लामिछानेले भने ।