राजधानी काठमाडौंको जनघनत्व १७,४०० जना प्रति वर्ग किमि - Chaitanya News
  • 2026-11-13
  • 00:17:10
  • बिहिबार,कार्तिक २७, २०८३
  • राजधानी काठमाडौंको जनघनत्व १७,४०० जना प्रति वर्ग किमि

    राजधानी काठमाडौंको जनघनत्व १७,४०० जना प्रति वर्ग किमि

    काठमाडौँ — नेपालको जनघनत्व प्रतिवर्गकिमि १९८ जना मात्रै हो। तर, राजधानी काठमाडौंमा भने मानिसहरूको खचाखच बसोबास छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार काठमाडौंको जनघनत्व १७ हजार ४ सय छ। जुन राष्ट्रिय जनघनत्वभन्दा ८७ गुणाभन्दा पनि धेरै हो। पछिल्लो दशकमा ठूलो राजनीतिक परिवर्तन र संघीयता लागू भए पनि संघीय राजधानी काठमाडौं छिर्नेको संख्या घटेको छैन। बरू सिंगो काठमाडौं उपत्यकाको जनसंख्या उकालो लाग्दा काठमाडौं महानगरपालिकाको जनसंख्या भने घटेको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार २०७८ मा काठमाडौं उपत्यकाको जनसंख्या ९काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला० ३० लाख २५ हजार ३८६ छ। जबकी २०६८ को गणनामा उपत्यकाका तीन जिल्लाको जनसंख्या २५ लाख १७ हजार ३ थियो। दस वर्षमा उपत्यकाको जनसंख्यामा ५ लाख ८ हजार ३८३ वृद्धि भएको छ।

    कार्यालयका अनुसार काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको छ। ललितपुरको जनसंख्या ५ लाख ५१ हजार ६६७ पुगेको छ भने भक्तपुरको ४ लाख ३२ हजार १३२ पुगेको छ। सबैभन्दा धेरै भक्तपुरमा ३।३५ प्रतिशत वृद्धिदर छ। ललितपुरको जनघनत्व प्रतिवर्गकिमि १४३३ जना छ भने भक्तपुरको प्रतिवर्गकिमि ३ हजार ६३१ छ।

    २०६८ को जनगणनामा काठमाडौं जिल्लाको जनसंख्या १७ लाख ४४ हजार २२०, भक्तपुरको ३ लाख ४ हजार ६५१ र ललितपुरको जनसंख्या ४ लाख ६८ हजार १३२ रहेको थियो।

    पछिल्लो दशकमा उपत्यकाका तीनवटै जिल्लाको जनसंख्या वृद्धि हुँदा काठमाडौं महानगरपालिकाको जनसंख्या भने घटेको छ। २०७८ को गणनाअनुसार काठमाडौं महानगरपालिकाको जनसंख्या ८ लाख ६२ हजार ४०० जनसंख्या छ। जबकी ०६८ सालमा काठमाडौं महानगरपालिकाको जनसंख्या ९ लाख ७५ हजार ४५३ थियो। यो दशकमा काठमाडौंको महानगरको जनसंख्या १ लाख १३ हजारले घटेको हो।

    काठमाडौं महानगरपालिकाको जनघनत्व भने सबैभन्दा धेरै छ। गणनाअनुसार काठमाडौंको जनघनत्व १७ हजार ४४० जना प्रतिवर्गकिमि छ। काठमाडौं महानगरपालिकामा २ लाख ३८ हजार ९६६ परिवार बसोबास गर्छन्।