चितवन– चितवन क्षेत्र २ मा आइतबार विहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रशित मत खसेको जानकारी दिए।
जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको उनले जानकारी र्दिए। अपरान्ह १२ बजेदेखि भने भरतपुर महानगरपालिकाको वडा –११ नयाँकिरण मावि स्थलमा विवाद भएका कारण केही समय रोकिएको छ। अन्य स्थानमा भने शान्तिपूर्ण रुपले मतदान भइरहेको उनले जानकारी दिए।
निर्वाचन क्षेत्र २ अन्तर्गत ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन्। एउटा मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए।
चितवन –२ मा एक लाख २४ हजार ६९५ मतदाता छन्। तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरूष र एक जना तेस्रोलिङ्गी मतदाता छन्। वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।