पाल्पाको जोरधारामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते - Chaitanya News
  • 2026-06-21
  • 21:49:18
  • आइतबार,आषाढ ०७, २०८३
  • पाल्पाको जोरधारामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

    पाल्पाको जोरधारामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

    काठमाडौं-  पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य १८ जना घाइते भएका छन् ।

    बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

    घटनास्थलमै ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    अहिले घाइते १८ जनाको उद्धार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।