चैतन्य पाठशालाले गर्‍यो वार्षिक समीक्षा तथा कार्ययोजनाबारे छलफल - Chaitanya News
  • 2026-06-21
  • 19:35:23
  • आइतबार,आषाढ ०७, २०८३
  • चैतन्य पाठशालाले गर्‍यो वार्षिक समीक्षा तथा कार्ययोजनाबारे छलफल

    चैतन्य पाठशालाले गर्‍यो वार्षिक समीक्षा तथा कार्ययोजनाबारे छलफल

    धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर-५ शिव नगरस्थित चैतन्य पाठशालाले वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजनाबारे छलफल गरेको छ। धनगढीमा पाठशालाका शिक्षक तथा शिक्षिकाहरूको सहभागितामा विद्यालयले विगत एक वर्षको समीक्षा प्रगति र आगामी एक वर्षको कार्य योजना सम्बन्धी छलफल गरेको हो।

    सहभागी शिक्षक तथा शिक्षिकाले पाँच/पाँच मिनेट आफ्नो प्रस्तुति राखेका थिए। उनीहरूले आफूले गरेका कार्यपत्र, अनुभव र अनुभूतिको बारे प्रस्तुतीकरण राखेका थिए। विद्यालयका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले पाठशालालाई संस्कारसहितको शिक्षालाई जोड दिएकाले थप के कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेका कुराहरू राखेका थिए। पाठशालाले विद्यार्थी शिक्षक, अभिभावक तथा समाजलाई समन्वय गरी थप प्रदेशकै नमुना विद्यालय बनाउने उद्देश्य राखेको बताए।

    विद्यार्थीका समस्या अभिभावक र शिक्षकसम्म, शिक्षकका समस्या विद्यालयले कसरी समाधान गर्न सक्छ त्यसतर्फ विद्यालय लागी रहेको बताएका छन्। विगतका अनुभवलाई समेटेर आगामी वर्षमा कसरी विद्यालयलाई अगाडी बढाउन सन्धी भनेर कार्य योजना बनाइरहेको उनको भनाई छ।

    यस्तै पाठशालाका पूर्वप्रिन्सिपल उदय प्रताप सिंहले विद्यालयले विभिन्न सेवा सुविधा दिइरहेको बताउँदै शिक्षक शिक्षिकाहरूको त्याग समर्पणको आवश्यकता रहेको बताए। शिक्षक शिक्षिकाबीच समन्वय गर्ने कुरा या विद्यालयसँग समन्वय गर्ने कुरामा एक जुट भएर लाग्न उनले सुझाव दिए।

    कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सिपल हरि प्रसाद जोशी, सहायक प्रधानाध्यापक कटक सिंहलगायको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो। चैतन्य पाठशालामा मन्टेश्वरी देखी कक्षा १० सम्म पढाइ हुँदै आएको छ।