चितवन–२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान - Chaitanya News
  • 2026-11-12
  • 08:44:33
  • बिहिबार,कार्तिक २७, २०८३
  • चितवन–२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान

    चितवन–२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान

    चितवन-  चितवन–२ को उपनिर्वाचनमा आज (आइतबार) बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन् ।

    भरतपुर–२९ जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट उनले मतदान गरेको मतदान अधिकृत श्रीराम आचार्यले जानकारी दिएका छन् । मतदानको सुरूवात नै उनीबाट गराएको आचार्यले बताएका छन् ।

    चितवनका सबै मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । चितवनमा ४३ स्थानमा १३८ मतदान केन्द्र रहेका छन् ।