नेपालबाट १६ करोडको डाइपर निर्यात - Chaitanya News
  • 2026-11-14
  • 10:56:58
  • शनिबार,कार्तिक २९, २०८३
  • नेपालबाट १६ करोडको डाइपर निर्यात

    नेपालबाट १६ करोडको डाइपर निर्यात

    काठमाडौं- चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपालबाट १६ करोड रुपैयाँको डाइपर निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको डाइपर निर्यात भएको हो।

    यस अवधिमा २ करोड ६० लाख पिस डाइपर निर्यात भएको छ। र, नेपाबाट निर्यात भएको सम्पूर्ण डाइपर भारतमै गएको तथ्यांकमा उल्लेख छ। यस्तै, यस अवधिमा विदेशबाट १ अर्ब ५४ करोडभन्दा धेरैको डाइपर आयात भएको छ।

    विदेशबाट ९ महिनाको अवधिमा ९ करोड ३० लाख ५३ हजारवटा डाइपर आयात हुँदा सरकारले ४५ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा विश्वका १० वटाभन्दा धेरै देशबाट डाइपर आयात भएपनि मूख्यगरी भारत र चीनबाटै आयात हुने गरेको छ। यस अवधिमा भारतबाट १ अर्ब ३६ करोडको डाइपर आयात भएको छ भने चीनबाट १८ करोड १७ लाख रुपैयाँको डाइपर आयात भएको छ।