सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त - Chaitanya News
  • 2026-06-21
  • 19:35:26
  • आइतबार,आषाढ ०७, २०८३
  • सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

    सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

    काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ ।

    सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सदस्य नियुक्त गरेको हो ।

    पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गर्नुभएको छ भने बुढाथोकीको सपथ ग्रहण बाँकी रहेको छ । बुढाथोकी काठमाडौं बाहिर हुनुहुन्छ ।

    यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।