हावाहुरीका कारण प्रभावित बनेको उडान पुनः सञ्चालनमा - Chaitanya News
  • 2026-11-12
  • 22:51:39
  • बिहिबार,कार्तिक २७, २०८३
  • हावाहुरीका कारण प्रभावित बनेको उडान पुनः सञ्चालनमा

    हावाहुरीका कारण प्रभावित बनेको उडान पुनः सञ्चालनमा

    काठमाडौं– हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो। आज दिउँसोदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो।

    हुरीका कारण आन्तरिकतर्फ उडान डिले हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउँदै ुहोल्डु भएका थिए। भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र कतारको दोहाबाट आएको कतार एअरवेजको जहाज होल्ड मा परेका थिए।

    अहिले नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय ठाउँमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्कादेखि क्षणिक वर्षा भएको छ।