काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सिमराबाट काठमाडौं आएका छन। हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित झण्डै एक दर्जन नेता तथा कार्यकर्तासँगै सेनाको हेलिकोप्टरमा त्यता गएका थिए। अध्यक्ष नेपाल आज दिउँसो साढे १ बजे बुद्ध एअरको उडानमा राजधानी पुगेका हुन।
यता, दिउँसो २ बजेपछि राजधानीलगायत मुलुकका अधिकांश भूभागको मौसम एक्कासी खराब भएको छ। दिउँसो पौने ३ बजे काठमाडौंबाट झापाको भद्रपुरतर्फ गएको बुद्ध एअरको उडान नम्बर बीएचए ९५५ विमान उताको मौसम खराब भएपछि काठमाडौं आएको छ। विमान साढे ३ बजे काठमाडौंमा अवतरण गरेको हो।
त्यसैगरी राजविराज, विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्जको मौसम पनि खराब भएको छ। आकाशमा धुँवा र धुलो तथा हुरिबतासका कारण उडानहरु अवरुद्ध भएका छन्। खराब मौसम र न्यून भिजिबिलिटीका कारण अधिकांश उडान ढिलो भएको विमानस्थल स्रोतले बताएको छ।
