पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, संक्रमितको सङ्ख्या ४ सय नाघ्यो - Chaitanya News
  • 2026-05-02
  • 21:25:37
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, संक्रमितको सङ्ख्या ४ सय नाघ्यो

    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, संक्रमितको सङ्ख्या ४ सय नाघ्यो

    काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण भएका थप एक जनाको मृत्यु भएको छ।

    जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप १ सय ६ जनामा सङ्क्रमण देखिएको छ। १ हजार ८ सय ८३ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ४६ जना सङ्क्रमण मुक्त भएका छन्।

    अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ सय १४ पुगेको छ। पछिल्ला केही दिनमा देशभर कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ। अहिलेसम्म कोरोना सङ्क्रमण भएका १२ हजार २६ जनाको मृत्यु भइसकेको छ।