काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरुले सरकारले लिएको गलत नीतिको शिकार अहिले उद्योगी व्यवसायी हुनुपरेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल कमजोर भएको भन्दै सरकारले व्यवसायीहरुको आत्मविश्वास बनाउने नीति ल्याउनुपर्ने बताए।
महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको अर्थतन्त्रमा आएका समस्या तत्काल समाधान गरी साना तथा मझौला उद्योगलाई संरक्षण गर्न नीति ल्याउन आवश्यक रहेको बताए। उनले बैंकको ब्याजदर एकल अंकमा ल्याएर भाखा पुगेर पनि व्यवसायीहरुले तिर्न नसकेको कर्जाको म्यादलाई एक वर्षको लागि पुनःतालिकीकरण गर्न माग गरे।
ढकालले पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंकबाट ठूलो ऋण लिनसक्ने र ऋण लिए पनि तिर्नसक्ने अवस्था नभएको भन्दै साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने सरकारले नीति ल्याउनुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले नेपालको निर्यात संकुचन हुँदै गएको बताए।
ढकालले मुलुकको राजश्व पनि आयातमा निर्भर भएको भन्दै उद्योगहरुलाई उत्पादनमूलक बनाउन आवश्यक रहेको बताए। उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएको भन्दै तत्कालका लागि अर्थतन्त्रमा ठूलो समस्या नभएको बताए।
ढकालले सरकारले अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न तत्काल गर्न काम गर्न नसक्दा अर्थतन्त्र शिथिल अवस्थामा रहेको बताए। उनले व्यवसायीहरुले कर्जा तिर्नका लागि बैंकलाई प्राथमिकतामा राखेर गर्नुपरेको भन्दै सरकारले तत्काल एक वर्षको लागि पुुनःतालिकीकरण गर्नुपर्ने माग गरे।
ढकालले, ‘पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंकबाट ठूलो ऋण लिनसक्ने अवस्था छैन र लिएपनि तिर्नसक्ने अवस्था छैन। साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने सरकारले नीति ल्याउनुपर्छ। मुलुकको अर्थतन्त्र आयातमुखी छ। नेपालको निर्यात संकुचन हुँदै गएको छ। मुलुकको राजश्व पनि आयातमा निर्भर भएको छ। मुलुकमा राजनीतिक स्थायीत्व आएपछि उद्योगहरुलाई उत्पादनमूलक अर्थतन्त्र बनाउन जरुरी छ।
उनले थपे, ‘सरकारले जबसम्म उत्पादनलाई संरक्षण गर्ने र बैंकको ब्याजदरमा सहुलियत दिन नसक्दा सधँै निर्भर भएर बस्नुपर्छ। उद्योग व्यवसायको संरक्षण नगर्दा व्यवसाय पलायन भएर वैदेशिक रोजगारीमा जानेको सख्या बढ्न सक्छ। तत्कालका लागि अर्थतन्त्रमा ठूलो समस्या छैन। अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएका छन्। आर्थिक सूचकहरु सकारात्मक देखिएपनि सरकारले तत्काल गर्नुपर्ने काम गर्नसक्दा अर्थतन्त्र स्ट्याण्ड स्टिल भएर बसेको छ। व्यवसायीहरुले बैंकलाई प्राथमिकतामा राखेर का गर्नुपरेको अवस्था छ। सरकारले तत्काल एक वर्षको लागि पुुनःतालिकिकरण गर्नुपर्छ। उद्योग व्यवसायहरुलाई बैंकको प्रेसर नभएर उद्योग व्यवसायमा प्राथमिकता दिने वातावरण बनाउनुपर्छ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले आर्थिक संकटले घरासाही हुने अवस्थामा पुर्याएका उद्योगी व्यवसायीहरुलाई सरकारले आत्मविश्वास बढाउने नीति ल्याउन आवश्यकता रहेको बताए। उनले सरकारले बैंकको ब्याजदर एकल अंकमा नल्याएसम्म अर्थतन्त्र तत्काल सुधार नहुने बताए।
अग्रवालले चालुपुँजी कर्जा नीतिको कारण उद्योगी व्यवसायीहरुलाई वित्तीय पहँुचमा समस्या भएको भन्दै वित्तीय पहुँच सहज नभएसम्म निजी क्षेत्रको लगानी आकर्षित हुन नसक्ने बताए। उनले विगतमा सरकारले बनाएको नीतिका कारण अहिले उद्योगी व्यवसायीहरुले समस्या भोग्नुपरेको गुनासो गरे। अग्रवालले सरकारले आयातभन्दा पनि निर्यात प्रवद्र्धनमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए। उनले बैंकको निक्षेपको होइन्, कर्जाको ब्याजर एकल अंकमा ल्याउनुपर्ने बताए।
अग्रवालले भने, ‘आर्थिक संकटले धरासायी हुने अवस्थामा पुर्याएका उद्योगी व्यवसायीहरुलाई सरकारले आत्मविश्वास बढाउने नीति ल्याउन आवश्यकता छ। राष्ट्र बैंकले अर्थतन्त्र संकुचन बनाउने लिएको नीतिमा पनि सुधार आएको छ। सरकारले बैंकको ब्याजदर एकल अंकमा नल्याएसम्म अर्थतन्त्र तत्काल सुधार हुँदैन। चालुपुँजी कर्जा नीतिको कारण उद्योगी व्यवसायीहरुलाई वित्तीय पहँुचमा समस्या भएको छ। वित्तीय पहुँच सहज नभएसम्म निजी क्षेत्रको लगानी आकर्षित हुन सक्दैन। विगतमा सरकारले बनाएको नीतिका कारण अहिले उद्योगी व्यवसायीहरुले समस्या भोग्नुपरेको छ। सरकारले आयात भन्दा पनि निर्यात प्रवद्र्धनमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ। आत्मनिर्भर अर्थतन्त्रको लागि २० प्रतिशत प्रतिष्पर्धी क्षमता अपुग छ।
उनले भने, ‘निजी क्षेत्र मैत्री राजश्वका नीतिहरु आउनुपर्छ। असार मसान्त र पुस मसान्तसम्म उद्योगी व्यवसायीहरुले तिर्न नसकेको कर्जाको पुनःतालिकिकरण गर्नुपर्छ। अहिले निजी क्षेत्र हतोत्साहित भएको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रद्वारा प्रवद्र्धित पब्लिक कम्पनीहरु बैंक,बीमा,मेडिकल सबैमा हस्तक्षेपकारी जुन विधेयक ल्याएको छ। त्यसले पनि कहिल्यै पनि देशले आर्थिक समृद्धि पूरा गर्न सक्दैन। त्यस्तो भएमा निजी क्षेत्र पनि सरकारी कम्पनीहरु जस्तै हुने हो। निजी क्षेत्रले व्यवसायिक आधारमा निर्णय लिने हो। अख्तियारलाई कुनैपनि हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन। त्यस्तो भएमा निजी क्षेत्रको पुँजी पलायन हुने अवस्था आउँछ। बैंकहरुको विकास निजी क्षेत्रले गर्दा भएको हो। त्यसैले बैंकिङ क्षेत्रमा अख्तियार प्रवेश गर्न दिने हो भने देशको आर्थिक अवस्था कता जाने हो भन्ने भन्न सकिँदैन।
अग्रवालले निजी क्षेत्रमैत्री राजश्वका नीतिहरु ल्याउन माग गरे। उनले असार मसान्त र पुस मसान्तसम्म उद्योगी व्यवसायीहरुले तिर्न नसकेको कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने बताए। अग्रवालले निजी क्षेत्र हतोत्साहित भएको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रद्वारा प्रवद्र्धित पब्लिक कम्पनीहरु बैंक, बीमा, मेडिकल सबैमा हस्तक्षेप गर्न गलत भएको बताए।
उनले अख्तियारलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने भन्दै निजी क्षेत्रमा अख्तियार प्रवेश गरे देशले आर्थिक समृद्धि पूरा गर्न नसक्ने बताए। अग्रवालले निजी क्षेत्रमा अख्तियार प्रवेश गरे निजी क्षेत्रको पुँजी पलायन हुने अवस्था आउने बताए।