काठमाडौं– बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले शुक्रवार पदबाट राजीनामा दिएका छन्।
उनले आफ्ना सहयोगीहरूलाई थिचोमिचो गर्ने गरेको भनी लगाइएको आरोपमाथि अनुसन्धान गरिएको थियो।
राब कट्टरपन्थी ब्रेक्जिटसमर्थक हुन् र प्रधानमन्त्री ऋषि सुनकको बफादार साझेदारमध्ये एक हुन्। आफूले कसैमाथि अशिष्ट व्यवहार नगरेको उनले बताउँदै आएका थिए।
तर स्वतन्त्र वकिलले गरेको अनुसन्धानमा उनीविरुद्ध सरकारी कर्मचारीहरूले दुर्व्यवहारको आरोप लगाएका थिए।
विगत ६ महिना नैतिकताको प्रश्न उठेर मन्त्रिपरिषदबाट राजीनामा दिने राब तेस्रा मन्त्री हुन्। उनी न्यायमन्त्री थिए।
सुनकले मर्यादित, व्यावसायिक र जवाफदेही सरकार चलाउने भनी गरेको प्रतिज्ञामाथि राब लगायतका काण्डले चुनौती दिएका छन्।