एकीकृत समाजवादीका ज्ञवालीले गरे पार्टी परित्याग - Chaitanya News
  • 2026-11-12
  • 13:05:48
  • बिहिबार,कार्तिक २७, २०८३
  • एकीकृत समाजवादीका ज्ञवालीले गरे पार्टी परित्याग

    एकीकृत समाजवादीका ज्ञवालीले गरे पार्टी परित्याग

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन्। नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका थिए।

    तर विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका छन्। ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो। त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भने।

    उनी एमालेको स्थापनाकालदेखि सक्रि नेता हुन्। ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, उनले भने।

    ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो।