अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सबै ध्यान केन्द्रित : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-07-04
  • 09:53:20
  • शनिबार,आषाढ २०, २०८३
  • अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सबै ध्यान केन्द्रित : गृहमन्त्री श्रेष्ठ

    अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सबै ध्यान केन्द्रित : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा नभएको बताएका छन। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन।

    सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्ने हो भने तत्काल अर्थतन्त्रमा सुधार आउने बताए। सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सबै ध्यान केन्द्रित रहेको बताए। गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए।

    सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए। अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए। अर्थतन्त्रमा देखा परेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजान सक्ने विश्वास उनले व्यक्त गरे।

    गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्री स्वयम्ले अर्थ मन्त्रालय, राष्ट्र बैङ्क र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताए। अर्थतन्त्र सुधार गर्न सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको उनको भनाइ छ।