म आफ्नो न्याय होइन, देशको न्यायको लागि चितवन आएको हुँ : रवि लामिछाने - Chaitanya News
  • 2026-07-04
  • 09:53:12
  • शनिबार,आषाढ २०, २०८३
  • म आफ्नो न्याय होइन, देशको न्यायको लागि चितवन आएको हुँ : रवि लामिछाने

    म आफ्नो न्याय होइन, देशको न्यायको लागि चितवन आएको हुँ : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो न्यायका लागि नभएर देशको न्यायका लागि चितवन आएको बताएका छन्।

    अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्चको आदेशबाट पद गुमाएका लामिछानेले उपचुनावअन्तर्गत अन्तिम चुनावी सभामा गृहमन्त्रीको रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र गरेर पदबाट हटाएको दाबी गरे।

    ूमैले गृहमन्त्रीका रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ममाथि षड्यन्त्र भएको हो,लामिछानेले भने, तपाईँहरूले पाँच वर्षका लागि बत्ती बालिदिनुभएको थियो। पाँच महिनामै निभ्न पुग्यो ।अब फेरि बत्ती बालिदिनुहोला।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूभित्रको हरिलाई सोध्नुहोला भनेर मतदाताको भावनामा खेल्न खोजेको भन्दै उनले गगनलाई त्यही भनाइ उत्तर फर्काए।