शेरबहादुरजीसँग मेरो लभ परेको छ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-07-04
  • 09:53:18
  • शनिबार,आषाढ २०, २०८३
  • शेरबहादुरजीसँग मेरो लभ परेको छ : प्रधानमन्त्री

    शेरबहादुरजीसँग मेरो लभ परेको छ : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका छन्।

    बिहीबार चितवन–२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका हुन्।

    उनले भने, ‘हामी एउटा गठवन्धनबाट चुनाव जित्यौं, प्रधानमन्त्री हुँदा कता कता पुगियो पुगियो, म प्रधानमन्त्री भए पनि खुसी हुन सकिनँ, शेरबहादुरजी पनि मलाई प्रधानमन्त्री बनाउन नपाएकोमा दुःखी हुनुभयो, अन्ततः हामी लभ परेकाहरु एक ठाँउमा भयौं।’