काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १०३ जना कोभिड संक्रमित थपिएका छन्। १६ सय ४५ नमुना परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।
यसैगरी आज ६१ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ९५८ जनाले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ छ। यीमध्ये संस्थागत आइसोलेसनमा ३६ जना छन् भने अस्पतालको आइसीयूमा ८ र भेन्टिलेटरमा ३ जना छन्।
हिजो बुधबार देशभर १०८ जना संक्रमित थपिएका थिए र ६६ जना संक्रमणमुक्त भएका थिए।