काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित भइ नसकेको बताएकी छन्।
बिहीबार वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो जानकारी दिएकी हुन।
उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भए पनि मिति भने तोकि नसकिएको बताइन्। उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाव दिने बताइन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्ने पनि बताइन्।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ तर मिति निश्चित भइसकेको छैन। मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेछ। के कस्ता योजना समावेश गर्नेरु भन्ने कुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकि सकिएको छैन। भारत सरकारसँग सम्बन्धित रहने योजना नै प्राथमिकतामा पर्ने हो। सीमासम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेछन्।’
मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारतसँग छलफलका एजेण्डाहरु तय गर्ने पनि बताइन्।