आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै - Chaitanya News
  • 2026-06-21
  • 17:28:43
  • आइतबार,आषाढ ०७, २०८३
  • आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

    आज पनि बालबालिकालाई  भिटामिन ए र जुकाको औषधी खुवाइँदै

    काठमाडौँ –  बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिनेछ ।

    यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ ।

    महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।