प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले - Chaitanya News
  • 2026-06-21
  • 17:21:12
  • आइतबार,आषाढ ०७, २०८३
  • प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

    प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

    काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ ।

    प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न बुधबार परिषद् बैठक बोलाइएको थियो ।

    ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान राखेकाले परिषद् बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि नाम सिफारिस गर्न नसकेको हो ।

    प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको परिषद् बैठकमा एमालेले संसदीय समितिका सभापति भागबन्डा गर्न खोजेको बताउँदै स्रोतले भन्यो, ‘एमालेले सर्वोच्च अदालतका केही न्यायाधीशसँग प्रतिशोध लिन खोजेजस्तो देखिएको छ ।’