उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती - Chaitanya News
  • 2026-06-21
  • 17:22:27
  • आइतबार,आषाढ ०७, २०८३
  • उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती

    उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती


    काठमाडौं – यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति, चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज र बारा २ बाट विजयी रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएका कारण ती क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

    उपनिर्वाचनलाई राजनीतिक दलहरूले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् भने राजनीतिक वृत्तमा यसलाई दलहरूको परीक्षणका रूपमा पनि हेरिएको छ ।

    उपनिर्वाचनमा नयाँ अनुहार र मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित पनि उम्मेदवार छन् ।