कस्तो रहला देशभरको मौसम? - Chaitanya News
  • 2026-06-21
  • 17:22:27
  • आइतबार,आषाढ ०७, २०८३
  • काठमाडौं- देशका केही भागमा आज पानी पर्ने सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    विभागले आज राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    मधेस र कोसी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागदे जनाएको छ। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।