भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भन्दै ५ करोड ठग्ने गिरोहविरुद्ध १० जना पीडितले दिए उजुरी - Chaitanya News
  • 2026-11-11
  • 19:52:47
  • बुधबार,कार्तिक २६, २०८३
  • भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भन्दै ५ करोड ठग्ने गिरोहविरुद्ध १० जना पीडितले दिए उजुरी

    भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भन्दै ५ करोड ठग्ने गिरोहविरुद्ध १० जना पीडितले दिए उजुरी

    काठमाडौँ– भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १० जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौँका सन्देश शर्मा, सानु भण्डारी र केशव दुलालसमेतको गिरोहले २०७७ सालदेखि हालसम्म ती १० जना पीडितलाई अमेरिका लैजान्छौँ भनी उनीलाई ठगी गरेका छन्।

    ती १० पीडितबाट गिरोहका व्यक्तिले ५ करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जनाएका छन्।

    छुट्टाछुट्टै रुपमा परेका उक्त किटानी जाहेरी दरखास्त आवश्यक अनुसन्धान र कारावहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले जानकारी दिएका छन्।

    ठगीमा परेको भन्दै उजुरी दिने पीडितहरू कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाका रहेको उनले जनाएका छन्।