पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण, ६६ निको - Chaitanya News
  • 2026-05-02
  • 21:26:58
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण, ६६ निको

    पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण, ६६ निको

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०८ जना कोरोनाका संक्रमित थपिएका छन्। २ हजार ४५० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    त्यस्तै, गएको २४ घण्टाको अवधिमा ३८६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार आज ६६ जना निको भइ घर फर्किएका छन्। केही समयअघि सम्म मत्थर रहेको कोरोना चैत लागेपछि भने बढ्न थालेको हो।

    मंगलबार कोरोनाले एकैदिन दुई जनाको मृत्यु भएको थियो। मन्त्रालयले कोरोनाको केस बढेसँगै सावधानी अपनाउने अपिल गर्दै आइरहेको छ।